शनिबार काठमाडौं र ललितपुरका ९८ स्थानमा चार घण्टा विद्युत् अवरुद्ध

एक घण्टा अगाडि
शनिबार काठमाडौं र ललितपुरका ९८ स्थानमा चार घण्टा विद्युत् अवरुद्ध

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ९८ स्थानमा शनिबार चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार र टेकु विद्युत् केन्द्रअन्तर्गतका वितरण प्रणालीमा मर्मत तथा स्तरोन्नतिको काम गर्न लागिएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा प्रभावित हुनेछ।

कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रअन्तर्गतका क्षेत्रहरूमा विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ। स्युचाटारस्थित १३२ केभी विद्युत् केन्द्रलाई अस्थायी रूपमा बन्द गरेर आवश्यक मर्मत तथा सुधारका काम गरिने भएकाले सेवा अवरुद्ध गर्न लागिएको हो।

प्राधिकरणले मौसम प्रतिकूल भए कार्यतालिकामा परिवर्तन हुन सक्ने जनाएको छ। साथै उपत्यकाका अन्य वितरण प्रणालीमा समेत केही प्रभाव पर्न सक्ने भन्दै सेवाग्राहीसँग सहयोगको आग्रह गरेको छ।