प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

एक घण्टा अगाडि
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेको छ।

त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका विद्यार्थीहरूले सीमा सम्बन्धी अभिव्यक्ति गैरजिम्मेवार रहेको आरोप लगाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्।

विद्यार्थीहरूले राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताएका छन्।