काठमाडौं । सरकारले अध्ययन बिदा तथा असाधारण बिदा लिएर लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी सुरु गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै त्यस्ता कर्मचारीलाई तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गर्न र सम्बन्धित निकायसँग सम्पर्कमा आउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार बिदा अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका तथा व्यक्तिगत अभिलेख अद्यावधिक नगरेका कर्मचारीहरूको विवरण यकिन गर्ने काम भइरहेको छ।
निर्धारित समयभित्र सम्पर्कमा नआए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।