राजनीतिबाट अलगिए डा. भोजराज अधिकारी

एक घण्टा अगाडि
राजनीतिबाट अलगिए डा. भोजराज अधिकारी

काठमाडौं । डा. भोजराज अधिकारीले सक्रिय राजनीति छाड्ने घोषणा गरेका छन्।

चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अधिकारीले सामाजिक सञ्जालमार्फत अब आफ्नो समय पेशागत कार्य र समाजसेवामा केन्द्रित गर्ने बताएका हुन्।

उनले राजनीतिक यात्राका क्रममा प्राप्त अनुभव, ज्ञान र भूमिकाप्रति सम्मान व्यक्त गर्दै अब विकास र समाजसेवाको क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाएका छन्।

राजनीतिक रूपमा आफू संलग्न रहेका सबै जिम्मेवारी र पदबाट अलग हुने निर्णय गरेको पनि उनले बताएका छन्।