काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा आकस्मिक अनुगमनलाई तीव्र बनाएको छ।
केन्द्रका अनुसार साउनयता एक हजार एक सय ३० सरकारी कार्यालयमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा छ हजार सात सय १० कर्मचारीले कार्यालय समय पालना नगरेको र एक हजार एक सय ६२ कर्मचारीले निर्धारित पोशाक नलगाएको पाइएको छ।
नियम उल्लंघन गर्ने कर्मचारीलाई चेतावनी दिई अभिलेख राख्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।