काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर पाँच हजार दुई सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।