काठमाडौं । स्मार्ट सवारी अनुमतिपत्रको अभाव हटाउन जारी छपाइ कार्य अन्तिम चरणमा पुगेको छ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रका अनुसार हालसम्म १५ लाख ७० हजारभन्दा बढी स्मार्ट अनुमतिपत्र छापिइसकेको छ। बाँकी कार्ड आगामी तीन साताभित्र तयार गर्ने लक्ष्य राखिएको छ।
केन्द्रले दैनिक करिब ४० हजार अनुमतिपत्र छापिरहेको जनाएको छ।