पश्चिम एसियाली तनावको असरः नेपाल वायुसेवाले यात्रुलाई विशेष सहुलियत दिने

एक घण्टा अगाडि
पश्चिम एसियाली तनावको असरः नेपाल वायुसेवाले यात्रुलाई विशेष सहुलियत दिने

काठमाडौं । इरान-इजराइल युद्धका कारण पश्चिम एसियाका केही मुलुकमा लगाइएको हवाई प्रतिबन्धबाट प्रभावित यात्रुलाई नेपाल वायुसेवा निगमले विशेष सुविधा दिने भएको छ।

निगमले जारी गरेको सूचनाअनुसार संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबतर्फका उडान प्रभावित भएका वा रद्द भएका यात्रुले एकपटकका लागि यात्रा मिति परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। साथै निर्धारित उडानमा उपस्थित हुन नसकेका यात्रुलाई केही शुल्कमा छुटको व्यवस्था गरिएको छ।

यो सुविधा असार १ गतेसम्म लागू रहने निगमले जनाएको छ। प्रभावित यात्रुलाई थप जानकारीका लागि निगमको प्रधान कार्यालय वा टिकट बिक्री केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।