भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने

१० घण्टा अगाडि
भारत भ्रमण सकेर स्वदेश फर्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका लामिछानेले भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा उनले अयोध्यास्थित राम मन्दिरको दर्शनसमेत गरेका थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको दाबी गरे। भारत वर्तमान सरकारसँग सहकार्य गर्न सकारात्मक रहेको र प्रधानमन्त्री मोदीले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ।

उनले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा महत्वपूर्ण छलफल भएको पनि बताएका छन्।