काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई ४५ पृष्ठ लामो प्रतिवेदन हस्तान्तरण गरेको हो। समितिले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि सुझाव दिएको जनाएको छ।
स्रोतका अनुसार गुरुङको बयान मात्र १७ पृष्ठको रहेको छ भने सम्पत्ति विवरण, सेयर लगानी तथा व्यावसायिक सम्बन्धबारे विस्तृत अध्ययन गरिएको छ।
व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप लागेपछि गुरुङले वैशाख ९ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।