नेपालमा औपचारिक रूपमा उबर सेवा सुरु

९ घण्टा अगाडि
नेपालमा औपचारिक रूपमा उबर सेवा सुरु

काठमाडौं । विश्वप्रसिद्ध यात्रु सेवा कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।

यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रभित्र उबरको ११औँ बजार बनेको छ। प्रारम्भिक चरणमा उबर गो, उबर कम्फर्ट र उबर बाइक सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका क्षेत्रीय अधिकारीहरूले नेपाललाई तीव्र रूपमा डिजिटल रूपान्तरण भइरहेको सम्भावनायुक्त बजारका रूपमा व्याख्या गरेका छन्।

सरकारी अधिकारीहरूले उबरको आगमनले पर्यटन, रोजगारी तथा सहरी यातायात व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।