काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहसहित नयाँ राजनीतिक नेतृत्वलाई इतिहासबाट सिकेर अघि बढ्न सुझाव दिएकी छन्।
निर्वाचन आयोगद्वारा आयोजित केन्द्रीय समीक्षा कार्यशालामा बोल्दै उनले नयाँ पुस्ताले देशको नेतृत्व गरिरहेको भए पनि विगतका अनुभवलाई बेवास्ता गर्न नहुने बताइन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन विश्वकै लागि अध्ययनयोग्य भएको उल्लेख गर्दै उनले नागरिकको मतको सम्मान गर्न राजनीतिक दलहरूलाई आग्रह गरिन्।
उनले सुशासन, राजनीतिक संस्कार र स्थायित्वका लागि नयाँ नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।