काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलबाट बाहिरिँदै आगामी महिला एसिया कपमा छनोट हुन असफल भएको छ।
मलेसियामा भएको खेलमा थाइल्यान्डले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपाल ७४ रनमै सीमित भयो। ब्याटिङ लाइनअप अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपालको यात्रा क्वाटरफाइनलमै टुंगिएको हो।