विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

एक दिन अगाडि
विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह "डी" को खेलमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोलअन्तरले पराजित गरेको हो। खेलभर उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।

यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ। समान अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।

यसअघि सम्पन्न अन्य खेलमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको थियो भने कतार–स्विट्जरल्यान्ड र मोरक्को–ब्राजिलबीचको खेल बराबरीमा सकिएको थियो।