सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

एक दिन अगाडि
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा आइतबार पनि वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढ्दै ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि र लगानीकर्ताको सुरक्षित लगानीतर्फ आकर्षण बढेका कारण स्थानीय बजारमा पनि मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।