महाधिवेशनअघि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने

एक दिन अगाडि
महाधिवेशनअघि रास्वपाको मधेस प्रदेश अधिवेशन नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन राष्ट्रिय महाधिवेशनअघि नहुने भएको छ। निर्वाचन आयोगले अधिवेशनसँग सम्बन्धित गतिविधि तत्काल सञ्चालन गर्न सम्भव नभएको जनाएको हो।

आयोगका अनुसार अधिवेशनको निष्पक्षता, सुरक्षा व्यवस्थापन तथा संगठनभित्र देखिएका विवादका कारण यसअघि नै कार्यक्रम स्थगित गरिएको थियो। महाधिवेशनको मिति नजिकिँदै गएकाले अब मधेस प्रदेश अधिवेशन तत्काल सम्पन्न गर्न कठिन हुने निष्कर्ष निकालिएको जनाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लामा आन्तरिक विवाद र झडपका कारण पर्साबाहेक सात जिल्लाका अधिवेशन प्रभावित भएका थिए। यद्यपि समस्या समाधानका लागि पार्टी नेतृत्व र निर्वाचन आयोगबीच निरन्तर छलफल भइरहेको रास्वपाले जनाएको छ।