विश्वकपमा स्विडेनको शानदार सुरुवात, ट्युनिसियामाथि ५–१ को जित

२ घण्टा अगाडि
विश्वकपमा स्विडेनको शानदार सुरुवात, ट्युनिसियामाथि ५–१ को जित

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह "एफ" को खेलमा स्विडेनले ट्युनिसियामाथि शानदार जित निकालेको छ।

सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्विडेनले ट्युनिसियालाई ५-१ गोलअन्तरले पराजित गरेको हो।

यो जितसँगै स्विडेन तीन अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने ट्युनिसिया अंकविहीन बन्दै पुछारमा झरेको छ।

स्विडेनको जितमा यासिन अयारीले दुई गोल गरे। त्यस्तै अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माथियास स्वानबर्गले एक–एक गोल थपे।

ट्युनिसियाका लागि ओमार रेकिकले ४३औँ मिनेटमा एक गोल फर्काएका थिए। समूहका अन्य टोली जापान र नेदरल्यान्ड्सले भने पहिलो खेलबाट एक–एक अंक जोडेका छन्।