गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल खोल्न एमालेको चुनौती

२ घण्टा अगाडि
गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल खोल्न एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीको फाइल खोल्ने चेतावनी दिएकोप्रति आपत्ति जनाएकी हुन्।

उनले गिरीबन्धु टी–स्टेट प्रकरणको अनुसन्धान पहिलो प्राथमिकतामा राख्न आग्रह गरिन्। साथै, विपक्षीसँग जोडिएका भनिएका ओम्नी र वाइडबडी प्रकरणको पनि निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको माग छ।

‘सरकारका जिम्मेवार मन्त्रीहरूले संसद्मै उभिएर धम्की दिने शैली उचित होइन,’ उनले भनिन्।

अर्यालले सत्यतथ्य बाहिर ल्याउन सबै प्रकरणहरूको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिइन्।