काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि उच्च वृद्धि भएको छ। लगातार उतारचढाव भइरहेको सुनको भाउ सोमवार तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेर २ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत बुधबार सुनको मूल्य तोलामा १० हजार १ सय रुपैयाँले घटेको थियो भने बिहीबार थप ५ हजार १ सय रुपैयाँले ओरालो लागेको थियो। केही दिनको गिरावटपछि सुनको मूल्य पुनः उकालो लागेको हो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १ सय ७५ रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।