भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी अन्तिम चरणमा

एक घण्टा अगाडि
भारतबाट ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी अन्तिम चरणमा

काठमाडौं । सरकारले भारतसँगको जीटूजी सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल आवश्यकता सम्बोधन गर्न ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउन लागिएको हो।

मन्त्रालयका अनुसार एलसी खुलिसकेको छ भने भुक्तानी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित प्रक्रिया पूरा भएपछि केही समयमै मल नेपाल आइपुग्ने र किसानलाई वितरण गरिने जनाइएको छ।