काठमाडौं । चेक अनादर तथा ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।
काठमाडौंमा रेस्टुरेन्ट खरिद–बिक्रीका क्रममा दिइएको चेक बाउन्स भएको उजुरीपछि शनिबार पक्राउ परेका साहलाई आइतबार परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।
प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानको क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा छाडिएको हो।
प्रकरणसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उजुरीमा आर्थिक कारोबार र चेक अनादरसम्बन्धी विषय समेटिएको छ।