विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाबीच पार्टीको आन्तरिक विवाद समाधानका विषयमा भेटवार्ता भएको छ।
झापाको धुलाबारीमा भएको भेटमा दुई नेताबीच केही समय एक्लाएक्लै छलफल भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए।
उनका अनुसार पार्टीभित्र देखिएको विवाद र ध्रुवीकरणलाई संवादमार्फत समाधान गर्दै संगठनात्मक एकता बलियो बनाउने विषयमा दुई नेता सहमत भएका छन्।
दुवै नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न झापा पुगेका थिए।
विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आएको कांग्रेसभित्रको विवाद चर्किरहेका बेला दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।