सुन र चाँदीको मूल्य ओरालो

२ महिना अगाडि
सुन र चाँदीको मूल्य ओरालो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।