काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार सम्पन्न खेलमा कोलम्बिया, घाना र इंग्ल्यान्ड विजयी भएका छन्।
समूह ‘के’ अन्तर्गत कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै तीन अंक जोडेको छ।
समूह ‘एल’ मा घानाले पनामालाई १–० ले हरायो भने इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलले पराजित गर्यो।
पोर्चुगल भने कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।