ई–पासपोर्ट प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई अख्तियारको पत्र

एक दिन अगाडि
ई–पासपोर्ट प्रकरणमा जर्मन कम्पनीका प्रतिनिधिलाई अख्तियारको पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट खरिद प्रकरणको अनुसन्धानलाई तीव्र बनाएको छ।

आयोगले जर्मनीका दुई कम्पनीका चार जना आधिकारिक प्रतिनिधिलाई बयानका लागि सार्वजनिक सूचना जारी गरेको छ।

पहिलो प्याकेजमा संलग्न मुलबाउर कम्पनीका गेरहार्ड माउर र पाभ्ले राकिक तथा दोस्रो प्याकेजमा आबद्ध भेरिडोस कम्पनीका फेबियोला बेलरशेम र फ्लोरियन पास्क्लिनलाई टंगालस्थित कार्यालयमा वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनिएको छ।

ठेक्का प्रक्रियामा राजनीतिक र व्यावसायिक हस्तक्षेप भएको आरोपसहित विभिन्न उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।