कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

३ घण्टा अगाडि
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना नन–ग्रेडेड भएका छन्।

यस वर्ष कुल ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

जीपीएअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ र २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ विद्यार्थी रहेका छन्।

२.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ विद्यार्थी छन् भने १.६१ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९ रहेको छ।