रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, तीन हजार प्रतिनिधि सहभागी हुने

३ घण्टा अगाडि
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, तीन हजार प्रतिनिधि सहभागी हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय र सभाहल निर्माणको काम सुरु गरिएको छ।

उद्घाटन कार्यक्रम भरतपुरस्थित गेस्टहाउस चौरमा हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।

पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने जनाएको छ। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने र पार्टीको भावी संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।