काठमाडौं । नेपाल र साउदी अरबबीच दक्ष श्रमिक उत्पादनका लागि अघि बढाइएको परियोजना पनि राजनीतिक परिवर्तनसँगै अलपत्र परेको छ।
दुवै देशबीच भएको सहमतिअनुसार साउदीले नेपालमा ५ मिलियन अमेरिकी डलर बराबरको प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने योजना बनाएको थियो।
यसका लागि महोत्तरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गर्ने गरी श्रम मन्त्रालयले जग्गा खोजीसमेत सुरु गरेको थियो।
तर जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तन र सरकार परिवर्तनसँगै उक्त परियोजना पनि रोकिएको छ।
सरकारले दक्ष नेपाली श्रमिक उत्पादनलाई प्राथमिकतामा राखेको दाबी गरे पनि कार्यान्वयन पक्ष भने अझै अन्योलमै रहेको देखिएको छ।