फिफा विश्वकप २०२६ अन्तर्गत सहआयोजक मेक्सिको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोका लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
दुवै टोलीले पहिलो खेल जितेका थिए। दोस्रो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा ६ अंक जोड्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।
यद्यपि, ३ अंक भएको दक्षिण कोरियाको पनि नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम रहेको छ।