सुनचाँदीको मूल्य फेरि बढ्यो

२ महिना अगाडि
सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, माग र आपूर्तिको अवस्थाले स्थानीय बजारमा समेत प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।