सङ्खुवासभा । अविरल वर्षापछि आएको पहिरोका कारण तीन परिवार विस्थापित भएका छन्।
खाँदबारी नगरपालिका–६ र सभापोखरी गाउँपालिका–१ मा पहिरोले घर र खेतीयोग्य जमिनमा क्षति पुर्याएको हो। धनबहादुर विश्वकर्मा, शान्तिराम पोखरेल र यारबहादुर तामाङका परिवार प्रभावित भएका छन्।
स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। थप वर्षा हुने सम्भावना रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।