मनसुनसँगै जोखिम बढ्यो

२ महिना अगाडि
मनसुनसँगै जोखिम बढ्यो

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्छ।

नदी–नालामा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।