फिफा विश्वकप

विश्वकप : सेनेगलमाथि नर्वेको रोमाञ्चक जित, हलाण्डको दुई गोल

२ महिना अगाडि
विश्वकप : सेनेगलमाथि नर्वेको रोमाञ्चक जित, हलाण्डको दुई गोल

काठमाडौं। विश्वकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले एक गोल थपे। हलाण्डले खेलको ४८औँ र ५८औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। जारी विश्वकपमा हलाण्डको व्यक्तिगत गोल संख्या चार पुगेको छ।

यसअघि मार्कसले ४३औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। सेनेगलका लागि इसामेल सारले दुई गोल गरे। उनले ५१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा गरेका थिए। तर उनको उत्कृष्ट प्रदर्शन टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

यस जितसँगै नर्वेले समूह चरणमा लगातार दोस्रो सफलता हासिल गरेको छ। नर्वेले पहिलो खेलमा इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो। यता, सेनेगल भने पहिलो खेलमा फ्रान्ससँग ३–१ ले पराजित भएको थियो।

लगातार दुई जितपछि नर्वे नकआउट चरणको सम्भावना बलियो बनाउन सफल भएको छ भने सेनेगलमाथि आगामी खेलमा जित निकाल्ने दबाब बढेको छ।