काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ।
सो गिरावटपछि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य पनि १४० रुपैयाँले घटेर प्रतितोला चार हजार पाँच सय ९० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था, ब्याजदर र भू–राजनीतिक तनावले मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले आगामी दिनमा पनि उतारचढाव जारी रहने व्यवसायीहरूको अनुमान छ।