विश्वकपमा ६ टोलीले सुरक्षित गरे अन्तिम ३२

२ महिना अगाडि
विश्वकपमा ६ टोलीले सुरक्षित गरे अन्तिम ३२

काठमाडौं । फिफा विश्वकप–२०२६ मा हालसम्म ६ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

अर्जेन्टिना, जर्मनी, फ्रान्स, मेक्सिको, अमेरिका र नर्वेले लगातार दुई खेल जित्दै अन्तिम ३२ मा स्थान बनाएका हुन्। केही टोलीले समूह चरणको अन्तिम खेलअघि नै अर्को चरणको यात्रा सुनिश्चित गरेका छन्।

साविक विजेता अर्जेन्टिना र पूर्वविजेता जर्मनी बलियो लयमा देखिएका छन् भने आयोजक अमेरिका र मेक्सिकोले पनि घरेलु समर्थकको साथमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।