चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन पाँचबुँदे निर्वाचन आचारसंहिता लागू गरेको छ।
निर्वाचन आयोगले जारी गरेको नयाँ व्यवस्थाअनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न पाउने छैनन्। यदि यस्तो भएको पाइएमा सम्बन्धित उम्मेदवारी स्वतः खारेज हुने जनाइएको छ।
सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ भने अन्य पदका लागि एक प्रस्तावक र २१ समर्थक अनिवार्य गरिएको छ। प्रस्तावक तथा समर्थकको नाम, सदस्य नम्बर र हस्ताक्षर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। पार्टीले पहिलो महाधिवेशनबाटै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न कडा मापदण्ड लागू गरेको जनाएको छ।