काठमाडौं । नेकपा एमालेले आज पार्टीका दुई महत्वपूर्ण बैठक बोलाएको छ। संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ भने सचिवालय बैठक साँझ अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा आयोजना हुनेछ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसद्को भूमिका, सरकारसँगको सम्बन्ध र पार्टीको आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। साथै उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरण पनि छलफलको मुख्य विषय बन्ने अपेक्षा गरिएको छ।
पछिल्ला घटनाक्रमले राजनीतिक माहोल तातेको अवस्थामा पार्टीको आधिकारिक धारणा तय गर्न यी बैठकलाई महत्वपूर्ण मानिएको छ।