चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। आइतबार भव्य उद्घाटन सत्र सम्पन्न भए पनि महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर देखिएको विवादका कारण बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको थिएन।
पार्टी नेतृत्वले प्रतिनिधि नामावलीमा देखिएका समस्या समाधान गरेपछि मंगलबार बन्दसत्र औपचारिक रूपमा सुरु गरिएको हो। बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने उपस्थित छन् भने वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह भने समाचार तयार पार्दासम्म सहभागी भएका छैनन्।
बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक संरचना, विधान संशोधन, आर्थिक तथा नीतिगत प्रस्तावमाथि व्यापक छलफल हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि अन्तरिम नेतृत्व हस्तान्तरण गर्दै नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढाइने तयारी छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट पार्टीको वैचारिक स्पष्टता, संगठन विस्तार र नेतृत्व संरचनाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।