आज वर्षा र तातो लहर दुवैको सम्भावना

एक महिना अगाडि
आज वर्षा र तातो लहर दुवैको सम्भावना

काठमाडौं । देशका विभिन्न भूभागमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्छ। कोसी प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना छ। वाग्मती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि तातो दिन रहने विभागले जनाएको छ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।