स्कटल्याण्डलाई हराउँदै ब्राजिल समूह विजेता

एक महिना अगाडि
स्कटल्याण्डलाई हराउँदै ब्राजिल समूह विजेता

काठमाडौं । स्कटल्याण्डलाई ३-० ले पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको समूह ‘सी’ को शीर्षस्थानमा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा ब्राजिललाई जित दिलाउन भिन्सियस जुनियरले दुई गोल गरे। उनले छैटौं र २१औं मिनेटमा गोल गरेका थिए। ६०औं मिनेटमा म्याथुज क्युनाले अर्को गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे।

तीन खेलबाट दुई जित र एक बराबरी निकालेको ब्राजिलले सात अंक जोड्दै समूह विजेता बन्यो। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिलले त्यसपछि हाइटी र स्कटल्याण्डलाई पराजित गरेको हो।

समूहको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै चार अंकसहित दोस्रो स्थान कब्जा गर्‍यो। लगातार तीन खेलमा पराजित भएको हाइटी भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।