चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार डा. स्वर्णिम वाग्ले सर्वाधिक २ हजार ६०७ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्।
उनलाई सोविता गौतमले २ हजार ५९४ मतसहित पछ्याएकी छन् भने शिशिर खनाल २ हजार ४९५ मतसहित तेस्रो स्थानमा रहेका छन्। खुलातर्फबाट निर्वाचित ३५ जना केन्द्रीय सदस्यमध्ये अधिकांशले उल्लेख्य मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ प्राप्त मत परिणाम यसप्रकार रहेको छः
डा. स्वर्णिम वाग्ले – २६०७
सोविता गौतम – २५९४
शिशिर खनाल – २४९५
सागर ढकाल – २३३३
तोसिमा कार्की – २२५७
रञ्जु दर्शना – २२४९
मनिष झा – २२३७
हरि ढकाल – २२१९
कविन्द्र बुर्लाकोटी – २१८४
विपिन आचार्य – २१२६
रमेश प्रसाईं – २१२३
बिराजभक्त श्रेष्ठ – २०९४
निशा डाँगी – २०८९
इन्दिरा रानामगर – २०४७
गणेश पराजुली – २०४५
जगदिश खरेल (ललितपुर) – २०४४
पुकार बम – २०३०
यज्ञमणि न्यौपाने – १९६९
प्रमोद न्यौपाने – १८९२
सस्मित पोखरेल – १८३३
राजुनाथ पाण्डे – १८१२
रीमा विश्वकर्मा – १८१०
असीम साह – १७२८
खगेन्द्र सुनार – १७०८
राजीव खत्री – १७०१
समिक्षा बास्कोटा – १६९९
गणेश कार्की – १६९३
जगदिश खरेल (दोलखा) – १५१३
लिमा अधिकारी – १५०४
टीका संग्रौला – १४९०
शंकर श्रेष्ठ – १४८४
क्रान्तिशीखा धिताल – १४७९
आशिका तामाङ – १४३०
सुदीप ढकाल – १४२९
अनुष्का श्रेष्ठ – १३५३
रास्वपाको महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएसँगै अन्य पदहरूको परिणाम पनि क्रमशः सार्वजनिक भइरहेका छन्।