सुनको मूल्य फेरि बढ्यो, तोलाको २ लाख ७९ हजार रुपैयाँ नाघ्यो

एक महिना अगाडि
सुनको मूल्य फेरि बढ्यो, तोलाको २ लाख ७९ हजार रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।

बढेको मूल्यसँगै छापावाल सुन प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर चार हजार १८० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिँदै आएको छ।