विश्वकपको अन्तिम १६ मा १९ टोली, सोमबारदेखि नकआउट चरण

एक महिना अगाडि
विश्वकपको अन्तिम १६ मा १९ टोली, सोमबारदेखि नकआउट चरण

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण अन्तिमतिर पुग्दा १९ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

शुक्रबार बिहानसम्म सम्पन्न खेलपछि मेक्सिको, ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्स, अमेरिका, नेदरल्यान्ड्स, जापान, स्विट्जरल्यान्ड, क्यानडा, मोरक्को, कोलम्बियालगायतका टोली अन्तिम १६ मा पुगेका हुन्।

नकआउट चरणका केही प्रतिस्पर्धासमेत तय भइसकेका छन्। तय भएका खेलअनुसार दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्यान्ड्सले मोरक्कोसँग, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनासँग तथा ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको नकआउट चरणका खेल आगामी सोमबारदेखि सुरु हुनेछन्। त्यसपछि उपाधि होड थप प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।