काठमाडौं । क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। यस हारसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ।
नकआउट चरणअन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा क्यानडाका लागि स्टेफन स्टाक्विवले इन्जुरी टाइममा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
विश्वकपमा पहिलोपटक नकआउट चरण पुगेको क्यानडाले उक्त अवसरलाई सफलतापूर्वक सदुपयोग गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। उता, दक्षिण अफ्रिका भने पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।