सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

एक महिना अगाडि
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा सोमबार (असार १५) सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।