दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

एक महिना अगाडि
दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

काठमाडौं । बाँकेको कोहलपुरमा आफ्नै दाइको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय विनोद चौधरीलाई आफ्नै दाइ २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो।

आइतबार राति कुटपिट गरी मनोजको हत्या गरेर फरार भएका विनोदलाई इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले सोमबार बिहान कोहलपुर नगरपालिका–१५ गोहवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।