काठमाडौं । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। राउन्ड अफ ३२ अन्तर्गत सोमबार सम्पन्न खेलमा जापानलाई २-१ गोलले पराजित गर्दै ब्राजिलले नकआउट यात्रा अघि बढाएको हो।
खेलमा जापानले २९औँ मिनेटमा काइशु सानोको गोलबाट अग्रता लिएको थियो। तर दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
ब्राजिलका लागि ५६औँ मिनेटमा कासेमिरोले बराबरी गोल गरे। खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला इन्जुरी समयमा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए।
यस हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।