सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घट्यो

एक महिना अगाडि
सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।