काठमाडौं । फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ (प्रि-क्वाटरफाइनल)मा स्थान सुरक्षित गरेको छ।
फ्रान्सको जितमा क्लियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बाराकोलाले एक गोल थपे। पहिलो हाफको इन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि बाराकोलाले दोस्रो गोल गरे भने खेलको ७५औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
यससँगै एम्बाप्पेको विश्वकपमा कुल गोल संख्या १८ पुगेको छ। जारी संस्करणमा भने उनले ६ गोल गरिसकेका छन्।
अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वेले चारपटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।