फिफा विश्वकप

अमेरिका अन्तिम १६ मा, बोस्नियाहर्जगोभिनामाथि २-० को जित

एक महिना अगाडि
अमेरिका अन्तिम १६ मा, बोस्नियाहर्जगोभिनामाथि २-० को जित

काठमाडौं । आयोजक राष्ट्रमध्येको एक अमेरिका फिफा विश्वकपको अन्तिम १६ (प्रि-क्वाटरफाइनल) मा प्रवेश गरेको छ। अमेरिकाले बोस्नियाहर्जगोभिनालाई २-० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

खेलको ४४औँ मिनेटमा फ्लोरियन बलुगनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए। उनले ३१औँ मिनेटमा पनि गोल गरेका थिए, तर अफसाइडका कारण उक्त गोल मान्यता पाएन। दोस्रो हाफमा अमेरिकाले थप आक्रमण जारी राख्दा ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकको प्रहार पनि अफसाइडका कारण गोलमा परिणत हुन सकेन।

८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे। यद्यपि, खेलको ६४औँ मिनेटमा बलुगनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।

यस जितसँगै अमेरिका अन्तिम १६ मा पुगेको छ, जहाँ उसले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगलमाथि नाटकीय जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो।